|

संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका–५ मा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–५ खमारेका ५६ वर्षीय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक जीवनकुमार गौतमले जानकारी दिए।

बिना लाइसेन्स भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा राईलाई खमारेबाट पक्राउ गरिएको प्रहरी निरीक्षक गौतमले बताए।

जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय वानाको संयुक्त टोलीले राईलाई मंगलबार पक्राउ गरेको हो।

बन्दुकसहित पक्राउ परेका राईमाथि हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.