|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। नयाँ कमिटीमा नेपाल प्रहरीका एकजना पूर्व-प्रहरी महानिरीक्षक (आइजिपी) र एकजना नेपाली सेनाका पूर्व-जर्नेल निर्वाचित भएका छन्।

पूर्व-आइजिपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन्। 

त्यसैगरी, रवीन्द्र प्रताप शाह पुरुष तथा महिला खुल्ला ५७ जनामा १७ सय ४५ मतसहित चौथो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

उनलाई कसैकसैले पूर्व-आइजिपी भन्‍ने गरेका भए तापनि उन भक्तपुरका राप्रपाका पुराना कार्यकर्ता हुन्। 

त्यसैगरी पूर्व-जर्नेल तथा स्पेनका लागि पूर्व-नेपाली राजदूत भरतबहादुर रायमाझीले ३४औँ ११ सय ९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.