|

काठमाडौं : धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा करिब ६ अंकले गिरावट आएको छ।

बजार आज ५ दशमलव ८४ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ४ सय ४९ दशमलव ९७ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ४३ अंकले उकालो लागेर ४ सय ६५ दशमलव २३ को विन्दुमा उक्लिएको छ।

कारोबार रकम पौने ३ अर्ब रूपैयाँको हाराहारीमा भएको छ।

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक शून्य दशमलव ६४ प्रतिशतले उकालो लागेको छ।

अन्य समूह शून्य दशमलव २२ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा शून्य दशमलव ०६ प्रतिशतको बढोत्तरी भएको छ।

यो दिन व्यापार समूह सर्वाधिक शून्य दशमलव ७६ प्रतिशतले ओरालो लागेको छ।

वित्त समूह शून्य दशमलव ७५ प्रतिशतले घटेकोमा आज बैंकिङ समूहमा शून्य दशमलव १४ प्रतिशत, विकास बैंक समूहमा शून्य दशमलव ५ प्रतिशत, जलविद्युत समूहमा शून्य दशमलव ६१ प्रतिशत, निर्जीवन बीमा समूहमा शून्य दशमलव ५५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा शून्य दशमलव ४४ प्रतिशत, लघुवित्त समूहमा शून्य ५३ प्रतिशत, जीवन बीमा समूहमा शून्य दशमलव २६ प्रतिशत र लगानी समूहमा शून्य दशमलव १ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २ सय ३१ कम्पनीका ६२ लाख २३ हजार ७ सय २१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९१ दशमलव ६८ रूपैयाँमा किनबेच भएका छन्।

आज हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड ८५ लाख रूपैयाँभन्दा बढीको कारोबार भएको छ।

अपी पावरको ८ करोड ६२ लाख रूपैयाँ बराबरको कारोबार भएको आज नबिल बैंकको ८ करोड १४ लाख रूपैयाँ, महालक्ष्मी विकास बैंकको ८ करोड ७ लाख रूपैयाँ, नेसनल हाइड्रोपावरको ७ करोड ३८ लाख रूपैयाँकाे काराेबार भएकाे छ।

नेपाल टेलिकमको ७ करोड ३७ लाख रूपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ६ लाख रूपैयाँ, अरुण काबेली पावरको ५ करोड ९७ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ५ करोड ३९ लाख रूपैयाँ र ङादी ग्रुप पावरको ४ करोड ९५ लाख रूपैयाँभन्दा बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सिनर्जी पावरका सेयरधनीले धेरै कमाए। यो कम्पनीको सेयरमूल्य ५ प्रतिशत हाराहारीमा वृद्धि भएको छ।

आज सामुदायिक लघुवित्तका सेयरधनीले धेरै गुमाए। यो लघुवित्तको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.