|

काठमाडौं : साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा भारी अंकले गिरावट आएको छ।

आज नेप्से परिसूचक ७९.२३ अंकको उच्च गिरावट आउँदा नेप्से दुई हजार २८२ अंकको विन्दुमा झरेको छ। आइतबार ८७ अंकको गिरावट भएको नेप्सेमा आज पनि उच्च अंकको गिरावट भएको छ।

आज सबै उपसूचक राताम्यै भएका छन्। वित्त कम्पनी उपसूचकमा ६.५१ प्रतिशतको गिरावट हुँदा निर्जीवन बिमा र विकास बैंक उपसूचकमा ५ प्रतिशत तथा लघुवित्त, हाइड्रोपावर र व्यापार उपसूचकमा ४ प्रतिशतमाथिको गिरावट हुँदा बैंकिङ उपसूचक पनि २.०९ प्रतिशतले घटेको छ।

आज कुल १८९ कम्पनीको सेयर कारोबार भएकोमा १८२ कम्पनीको सेयर मूल्य घटेको छ। दुई कम्पनीको सेयर मूल्य स्थिर रहँदा गोर्खाज फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.४७ प्रतिशले बढेको छ।

यस्तै, बोटलर्स नेपाल तराई, युनिलिभर नेपाल, माउन्टेन इनर्जी र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य बढेको छ। नबिल बैंकको सर्वाधिक १८ करोडको कारोबार हुँदा नेसनल हाइड्रोपावरको १३ करोड र हिमालयन डिस्टिलरीको १२ करोडको कारोबार भएको छ।

आज दिनभरमा नेप्सेमा ९६ लाख ७९ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ९९ करोड ५६ लाखको सेयर किनबेच भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.