काठमाडौं : चीनको सिमाना कोरला नाका जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा कालोपत्रे गर्न थालिएको छ।
मुस्ताङको कैकु खोलादेखि खन्तीसम्म २० किलोमिटर सडक कालोपत्रे गरिएको छ। सडक कालोपत्रे भएपछि मुस्ताङ भ्रमणमा पुग्ने पर्यटकले राहत मानेका छन्।
यो खण्डको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न शर्मा गजुरमुखी जेभीसँग ५४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। यो खण्डको अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।
जोमसोमदेखि कोरला नाकासम्मका ११० किलोमिटर सडक मध्ये ८५ किलोमिटर सडकको निर्माण सम्पन्न भएको छ। यो खण्डमा ग्राभेल सडक हो।
फोटो : गोरखापत्र
तपाईंको ईमेल गोप्य राखिनेछ ।