|

भारतले आगामी ३ जनवरीदेखि बालबालिकाहरू (१५ देखि १८ वर्ष उमेरका)लाई कोभिडविरुद्धको खोप दिने घोषणा गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशवासीका नाममा सम्वोधन गर्दै बालबालिकाहरूलाई खोप दिने घोषणा गरेका हुन्। भारतमा १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको संख्या करिब ८ करोड रहेको बताइएको छ। नयाँ वर्षको जनवरी ३ बाट बालबालिकालाई यो खोप लगाउन थाल्नेसमेत उनले बताएका छन्।

यसबाहेक उनले स्वास्थ्यकर्मी र ६० वर्षभन्दा माथिका व्यक्तिका लागि बुस्टर डोजको पनि घोषणा गरेका छन्।
'आज, भारतको ६१ प्रतिशत भन्दा बढी वयस्क जनसंख्याले खोपको दुवै डोज पाएका छन्। त्यसैगरी, लगभग ९० प्रतिशत वयस्क जनसंख्याले खोपको एक डोज पाएका छन्,१५ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई अब देशमै खोप लगाउन थालिने छ सन् २०२२ मा जनवरी ३ गते सोमबारदेखि सुरु हुनेछ' उनले भनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.