|

म्याग्दी : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकखण्ड स्तरोन्नतिका लागि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले सडक निर्माणको कामलाई सहज रुपमा गति दिन पुस १५ देखि माघ १४ गतेसम्म दैनिक पाँच घण्टा सवारीसाधन आवतजावत बन्द गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षतामा बसेको बैठकले प्रत्येक दिन बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म सडकमा बन्द गर्ने निर्णय गरिएको हो। सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय ब्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गरेका थिए।

उक्त समयमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ। बन्दका सयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.