जिल्ला कमिटीमा आउन तोकियो मापदण्ड

|

काठमाडौं  : नेकपा (एमाले)को शुक्रबार हुने जिल्ला अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकैपटक उद्घाटन गर्ने भएका छन्। 

ओलीले शुक्रबार विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ सबै जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

एमालेले ७७ वटै जिल्लामा भोलि शुक्रबार जिल्ला अधिवेशन गर्दैछ। 

जिल्ला कमिटीमा आउन तोकियो मापदण्ड

जिल्ला कमिटीमा चुनिन एमालेले मापदण्ड तोकेको छ। संगठन विभाग प्रमुख खगराज अधिकारीले हस्ताक्षर गरेर सबै जिल्लामा पठाइएको परिपत्रमा मापदण्ड उल्लेख गरिएको छ।

जसअनुसार जिल्ला कमिटीको अध्यक्ष वा पदाधिकारी हुनका लागि कम्तिमा दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालय सदस्य भएको हुनुपर्नेछ।

त्यस्तै जिल्ला कमिटीको सदस्य बन्न जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ। एकता एकीकरणबाट समाहित भएकाहरुको हकमा भने विधानको धारा ६३ (११) अनुसार नै हुने पत्रमा उल्लेख गरिएको छ।  

मापदण्ड तोकिएपछि उम्मेदवारको चाप कम हुने अनुमान गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.