|

काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालय भित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन्। 

बिहीबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतका भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताएका हुन्। 

उनले सो समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताए। मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषदबाटै निर्णय गरेर भए पनि हटाइ छाड्ने बताए। उनले बिहीबार नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गरे।

‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने। पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने। यो गर्दै जाँदा पुरै वातावरण नै धमिलो हुन्छ।' उनले भने, 'त्यसको संरक्षणको निमित्त यो हामी हटाएर छोड्छौँ। नारायणहिटी राजदरबारको कुरा आएको हुनाले यो विषयमा मौखिक रुपमा हामीले त्यो रोकेका छौँ।

उनले नारायणहिटी संग्रहालय भित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.