|

काठमाडौं :  नेकपा एमाले ताप्लेजुङ जिल्ला अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित भएका छन्। 

सहमतिको प्रयास असफल भएपछि थेबे र बलबहादुर साम्सोहाङबीच चुनावी प्रतिस्पर्धा भएको थियो।

प्यानल नै बनाएर भएको निर्वाचनमा उपाध्यक्ष सन्तोष खतिवडा र उपसचिव दिपेन्द्र पोमुले थेबे टिमबाट जितेका छन्। साम्सोहाङको टिमका सचिव केशर मेन्याङ्बो र उपसचिव मणि पोमु निर्वाचित भएका छन्।

थेबे संविधानसभा सदस्य हुन्। गत वर्ष नेकपा विभाजनपछि अध्यक्ष बलवहादुर साम्सोहाङ प्रचण्ड–माधव समूहमा उभिएपछि थेबेलाई केपी ओली पक्षले अध्यक्ष बनाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.