|

उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। उत्तर कोरियाले समुद्रतर्फ उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले मंगलबार बिहान उक्त दाबी गरेका छन्। उनले पूर्वी समुद्रतर्फ क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएका हुन्।

यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने बताइएको छ। जापानिज कोस्ट गार्ड (जेसीएस) ले यो क्षेप्यास्त्र मिसाइल हुन सक्ने बताएका हुन्। यसबारेमा अझै पनि यकिन भने हुन सकेको छैन। उत्तर कोरियाले गरेको यस क्षेप्यास्त्रको बारेमा दक्षिण कोरिया र जापानले आवश्यक अनुसन्धान थालेका बताएका छन्।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ। मंगलबारको यस प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकी गुप्तचरहरूले अनुसन्धान गरिरहेका बताइएको छ। उत्तर कोरियाले छ दिनमात्र अघि पनि यहाँ यस्तै प्रकारको क्षेप्यास्त्र हानेको थियो। यसै हप्ता उत्तर कोरियाले दुई वटा क्षेप्यास्त्र हानेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.