|

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आफ्नो एकल अग्रता बनाएको छ।

शनिबार सिटीको घरेलु मैदानमा भएको खेलमा केविन डि ब्रुयनेले गरेको एक मात्र गोल निर्णायक बन्दा सिटीले लिगमा एकतर्फी अग्रता बनाएको छ। जितसँगै सिटीले दोस्रो स्थानको चेल्सीसँग स्पष्ट १३ अंकको अग्रता बनाएको छ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा भने चेल्सपछि पर्‍यो। ७० औं मिनेटमा डि ब्रुयनेले क्यानसलेको असिस्टलाई सदुपयोग गरेका थिए। खेलमा सिटीले बल पोसेसनमा पकट बनाउँदा आक्रमणपनि निरन्तर गरेको थियो।

लिगमा अब सिटी तेस्रो स्थानको लिभरपुलभन्दा १४ अंकको अग्रता बनाउन सफल भएको छ। तर‚ लिभरपुलले दुई खेल कम खेलेको छ। २२ खेलमा सिटीले १८ खेलमा जित निकालेको छ भने दुई खेलमा बराबरी र दुई खेलमा हार भोगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.