|
फाइल फोटो

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चि र कर्णाली प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज प्रदेश १ र २ बाहेका प्रदेशमा मौसम बदली रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, तराईका धेरै ठाउँ हुस्सु र कुहिरोले ढाकेको छ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतः सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापातको सम्भावना छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.