|

काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिएपछि सर्वोच्च अदालतले सेवामा कटौती गरेकाे छ। मंगलबार बसेको 

सर्वाेच्च अदालतकाे पूर्ण बैठकले ओमिक्रोनलगायतका विभिन्‍न भेरियन्टका कारण विषम परिस्थिति उत्पन्‍न भएको भन्दै भीडभाड कम गर्ने र केही सेवामा कटौती गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतमा न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत हालसम्म ३१ जनामा संक्रमण देखिएपछि सेवा प्रवामा कटाैती गरिएकाे विज्ञप्ति जारी गरी जानकारी दिएकाे छ।

'अदालतमा हुने उपस्थिति र भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ती, कानुन व्यवसायी एवं अदालतमा आउने अन्य सरोकारवालाहरूको स्वास्थ्य, सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सुनुवाइका कार्यहरू व्यवस्थित ढंगले सीमित संख्यामा सञ्‍चालन गर्न उपयुक्त देखिएकोले आगामी दुई हप्तासम्म  सेवाहरू कटौती गरिएको छ' विज्ञप्तिमा भनिएकाे छ।

यस्ताे छ विज्ञप्ति


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.