|

चितवन : पहिरोका कारण अवरुद्ध बनेको नारायणगढमुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। सडक शुक्रबार बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको हो।

इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहीबार राति साढे २ बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

सडकको ३० मिटर भाग पहिरोले ढाकेको उनले जानकारी दिए। झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको आचार्यले बताए। सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.