|

काठमाडौं : नेपाली फिल्म उद्योगका लोकप्रिय अभिनेता विपिन कार्की बलिउडमा डेब्यु गर्ने तयारीमा छन्। 

उनलाई अर्जुन रेड्डी, कबिर सिंहलगायतका फिल्म निर्देशन गरेका सन्दिप रेड्डी भांगाले आफ्नो नयाँ फिल्म एनिमल’का लागि अफर गरेका छन्। जसमा विपिनले रणवीर कपुर र अनिल कपुरलगायत कलाकारसँग काम गर्नेछन्। 

विपिनले पाराडाइम पोडकास्टमा सिसन बानियाँसँग कुरा गर्दै बलिउडबाट आफूलाई अफर आएको कुरा विश्वास नै नलागेको बताएका छन्। 

‘सुरुमा सुन्दा खुसीले ओतप्रोत नै भएजस्तो भएँ। ल यो साँच्चै भनिराछ कसैले? प्राङ्कगरिराको छैन? भन्ने भयो‚' उनले भनेका छन्, 'ठूलो ठाउँ, ठूलो इन्डस्ट्री केही कुरा देख्न पाइएला नि त। सबैले भनिराखेको, ट्राइ गरौँ न एकचोटी भन्ने जस्तो पनि हुने रहेछ। धेरै कुरा सिक्न पाइएला कि भन्ने पनि लागेको छ।’

साथै‚ सबैजना बढी उत्साहित भएको देखेर आफूलाई एक किसिमको प्रेसर महसुस भएको पनि विपिनले बताएका छन्। 

फिल्ममा विपिनको अधिकांश सिन अनिल कपुरसँग रहेको बताइएको छ। उनले भनेका छन्, 'ला के गर्ने होला त? त्यत्रो त्यत्रो सुपरस्टारहरू, हामीले बच्चा बेलादेखि हेरेको अनिल कपुरसँग म्यक्सिमम सिन छ भनेको छ। मै जति एक्टिङ गरे पनि त्यो ठूलो इन्डस्ट्रि हो भनेर एक खालको नर्भसनेस चाहिँ हुने रहेछ।’ 

साथै‚ डराउनु, नर्भस हुनु भनेको कामलाई लिएर गम्भीर हुनु पनि रहेको विपिनले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.