|
भक्तपुर जिल्ला अदालतबाट दोषी ठहर गरिएका आशिष नेपाली। तस्वीर सौजन्य : महानगरीय प्रहरी परिसर, भक्तपुर

भक्तपुर : भक्तपुर जिल्ला अदालतले सिन्धुलीका विजय भन्ने आशिष नेपालीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोषी ठहर गर्दै १२ कैद र ५० हजार नगद जरिवाना हुने फैसला गरेको छ।

अदालतको इजलाश नं. २ का न्यायाधीश स्विकृती पराजुलीको इजलाशले नेपालीलाई सो सजायको फैसला सुनाएको हो।

प्रहरीले नेपालीविरुद्ध १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगसहित गत मंसिर २८ गते मुद्दा दायर गरेको थियो। 

प्रहरीका अनुसार उनले सिन्धुलीको एक विद्यालयमा अध्ययनरत किशोरीलाई विवाह गर्छु भनि प्रलोभनमा पारी ललाइफकाइ भक्तपुरस्थित आफ्नो डेरामा ल्याएर डर, धाकधम्कीसमेत दिई पटक–पटक जबरजस्ती करणी गरेका थिए।

पीडित किशोरी प्रहरी परिसर भक्तपुरको पहलमा हाल काठमाडौंको गौशालास्थित माइती नेपालको संरक्षणमा रहेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.