|

बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले बंगलादेश चिनियाँ 'ऋणको जाल' मा परेको दाबी खारेज गरेका छन्।

केही दिनदेखि बंगलादेश चिनियाँ ऋणको जालमा परेको समाचार बाहिरिएपछि मोमेनले यसलाई कपोलकल्पित दाबीको संज्ञा दिएका हुन्।

उनले कुनै पनि देशको ऋण कुल गार्हस्थ उत्पादनको झण्डै ४० प्रतिशत हुँदा ऋणमा फसेको हुने बताएका हुन्।

ऋण-जिडिपी अनुपातको सन्दर्भमा मन्त्री मोमेनले बंगलादेशको कुल ऋण लगभग १६ प्रतिशत हाराहारीमा रहेको स्पष्ट गरेका छन्। 

शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी विदेशमन्त्री मोमेनले बंगलादेशलाई चीनले दिएको ऋण मुलुकको बाह्य ऋणको सानो अंश मात्रै रहेको बताए।

सिन्ह्वाका अनुसार मन्त्रीले 'ऋण जाल चिन्ता' भनेको चीनको बेल्ट एण्ड रोड इनिसिएटिभलाई ध्वस्त पार्ने खोजिएको बताए।

'बेइजिङ र ढाका वा यस क्षेत्र र बाहिरका अन्य देशहरू बीचको सहयोगलाई रोक्न गरिएको झुटो दाबी हो', उनले भने।

 बंगलादेशले अहिलेसम्म विश्व बैंक, एसियाली विकास बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषबाट सबैभन्दा बढी ऋण लिएको छ।

मोमेनले भने, ‘विदेशी स्रोतबाट लिने हाम्रो कुल ऋणको ५ प्रतिशत पनि चिनियाँ ऋण पुगेको छैन।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.