|

काठमाडौं : आरोहण गुरुकुलको पुनरागमनपछिको पहिलो नाटक 'पुतलीको घर' फेरि मञ्चन हुने भएको छ।

कोरोनाका कारण मञ्चन हुँदाहुँदै रोकिएको नाटक माघ २८ गतेदेखि फेरि मञ्चन हुने भएको हो। 

जन हेनरिक इब्सनको विश्वचर्चित नाटक 'अ डल्स हाउस'को नेपाली अनुवाद पुतलीको घर गुरुकुलको सबैभन्दा बढी मञ्चन भएको नाटक हो। यसका अनुवादक तथा निर्देशक सुनील पोखरेल हुन्। 

निर्देशक पोखरेलले सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत नाटक फेरि मञ्चन हुने जानकारी दिएका हुन्। 

नेपाली रंगमञ्चमा कोसेढुंगो मानिने आरोहण गुरुकुल विविध कारणले गर्दा १० वर्षअघि बन्द हुन पुगेको थियो।

नेपाली फिल्म तथा नाटकका धेरै कलाकार जन्माएको संस्था गुरुकुलले गत महिना औपचारिक रुपमा पुनरागमन गरेको थियो।

थापागाउँस्थित कुञ्ज नाटकघरसँग एक वर्षका लागि सम्झौता गरी गुरुकुल फर्किएको थियो।

पुनरागमनपछिको पहिलो नाटकका रुपमा गत माघ १ गतेदेखि २२ गतेसम्म मञ्चन हुने भनिएको नाटक कोरोनाको संक्रमण बढेपछि ७ गतेसम्म मात्रै मञ्चन हुन सकेको थियो। 

नाटक माघ २८ देखि फागुन ७ गतेसम्म फेरि मञ्चन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.