काठमाडाैं : सेयर बजार साताकाे तेस्राे दिन मंगलबार ५३.३० अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक दुई हजार ७५४.२८ को विन्दुमा उक्लिएको छ।
आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.८३ अंकले बढेर ५२२.१३ को विन्दुमा पुगेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
आज जलविद्युत समूह सर्वाधिक ४.३२ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ३.३८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.८४ प्रतिशत, व्यापार समूहमा १.३५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६३ प्रतिशत, विकास बैंक समूहमा २.७१ प्रतिशत, वित्त समूहमा २.८५ प्रतिशतले वृद्धि भएकाे छ।
यस्तै निर्जीवन बीमा समूहमा १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५४ प्रतिशत, लघुवित्त समूहमा २.८२ प्रतिशत, जीवन बीमा समूहमा १.२५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२ प्रतिशत र लगानी समूहमा २.४९ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरू
मंगलबार नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ६३ लाख ४३ हजार २२८ कित्ता सेयर तीन अर्व २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा काराेबार भएकाे छ। आज हिमालयन डिस्टिलरीको सर्वाधिक २२ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
नेसनल हाइड्रोपावरको १८ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको १८ करोड २१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५३ लाख रुपैयाँकाे काराेबार भएकाे छ।
यस्तै जीवन विकास लघुवित्तको १३ करोड २८ लाख रुपैयाँ, अपी पावरको ११ करोड ७५ लाख रुपैयाँ, एचआइडिसिएलको ९ करोड ४० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ५७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ६ करोड ८ लाख रुपैयाँ र निफ्राको ६ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज न्यादी हाइड्रोपावरका सेयरधनीहरूले धेरै कमाए। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट लागेकाे छ। यस्तै स्वाभिमान लघुवित्तका सेयरधनीहरूले धेरै गुमाए। यो लघुवित्तको सेयरमूल्य १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।