|

काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहने फिल्म 'हनी बनी'को प्रदर्शन मिति तोकिएको छ। दिवाकर भट्टराईको निर्देशनमा बन्ने फिल्म आगामी दशैँको अवसर पारेर प्रदर्शन गर्ने तयारी गरिएको हो। 

प्रेम कथामा आधारित फिल्ममा मुख्य अभिनेत्रीको टुंगो भने लागिसकेको छैन। यो महिनाभित्रै सबै कलाकार पक्का गरेर छायांकनमा जाने तयारीमा निर्माण टोली रहेको छ। 

फिल्मको सम्पूर्ण छायांकन बेलायतमा हुने बताइएको छ। एबी इन्टरनेसनल, गौतम प्रोडक्सन र भ्वाइस फिल्म्स लिमिटेडको सहकार्यमा निर्माण हुने फिल्मको अनुमानित बजेट ७ करोड बताइएको छ। 

यसअघि दिवाकरको निर्देशनमा अनमोलले स्पोर्ट ड्रामा 'क्याप्टेन'मा सहकार्य गरेका थिए। फिल्म व्यावसायिक रूपमा असफल सावित भएको थियो। 

'हनी बनी' आफ्ना लागि अवसर र चुनाैती दुवै रहेकाे आफूले शतप्रतिशत इमान्दारीसाथ काम गर्ने निर्देशक भट्टराईले बताएका छन्। 

यसअघि अनमोल एक्सन फिल्म 'एक्स ९' को लागि शरीरमा काम गरिरहेका थिए। फिल्म तोकिएको समयमा छायांकन नहुने भएपछि उनले हनी बनी साइन गरेका हुन्। अनमोलको 'ए मेरो हजुर ४' प्रदर्शनको तयारीमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.