|

काठमाडौं : युएस एआइडीको 'तयार नेपाल'ले विपद व्यवस्थापनका लागि निजी क्षेत्रलाई संलग्न गराउन (प्राइभेट इनोभेसन च्यालेन्ज) आयोजना गर्ने भएको छ।राजधानीमा सोमबार कार्यक्रम आयोजना गरी तयार नेपालले विपद व्यवस्थापनमा निजी क्षेत्रलाई समेट्न यो च्यालेन्ज आयोजना गर्न लागेको बताएको हो।

प्राक्टिकल एक्सन कन्सल्टिङका परामर्श प्रबन्धक मिलन जोशीले विपद व्यवस्थापनमा मद्दत पुग्न सक्ने जो कोहीले कुनै नवीन सोच विचार ल्याई आवेदन दिनसक्ने बताए। उनका अनुसार फागुन ९ गतेदेखि चैत ७ गतेसम्म नेपालभरिका इच्छुकले आवेदन दिन पाउने छन्।

१० गहन नविन सोचलाई ५ दिने बुटक्याम्पका लागि छनोट गरिने छ। त्यसबेला उनीहरूलाई आवश्यक व्यवसायसम्बन्धी सीप र तालिम उपलब्ध गराउने उनले बताए। ‘बुटक्याम्प वैशाख ४ गतेदेखि ८ गतेसम्म आयोजना गरिने छ, एक पिचिङ कार्यक्रममा समाप्त हुने छ,जहाँ सहभागीहरूले निर्णायक प्यानलअगाडि आफ्नो व्यवसाय प्रस्तुत गर्ने छन,’ प्रबन्धक जोशीले भने।

उनले ३ उत्कृष्ट व्यावसायिक विचार बजारमा ल्याउन ४ महिनाको गहन कार्यक्रम चलाउने बताए। उनले भने, ‘यो कार्यक्रमले नविन विचारलाई सीपमा बदल्ने छ, उनीहरु उद्यमी बन्ने छन्, व्यवसायका लागि आर्थिक पाटोमा पनि सहयोग गर्ने छौँ।’

कार्यक्रममा तयार नेपालकी प्रमुख ट्यामी ह्यारिसले परियोजनाबारे जानकारी दिँदै नेपालमा विपद जोखिम व्यवस्थापनमा निजी क्षेत्रको गहन संलग्नता हुने अपेक्षा लिइन्। यो परियोजनाबाट जुनसुकै वेला आउने प्राकृतिक विपत्तिको रोकथाममा समेत सहयोग पुग्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.