|

काठमाडौं : सेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि १९ अंकभन्दा बढीले गिरावट आएको  छ।

पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि गिरावटले निरन्तरता पाउन थालेको छ। बुधबार नेप्से परिसूचक १९.६५ अंकले घटेर २ हजार ६३१.३२ बिन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले घटेको छ।

बुधबार कारोबारमा आएका २३१ कम्पनीको ४९ लाख  ६७ हजार ४७१ कित्ता शेयर २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकमसमेत घटेको छ। उक्त दिन ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी २.०९ प्रतिशत बढेको छ।

निर्जीवन बीमा उपसमूह ०.६४ प्रतिशतले बढेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै  २.४७ प्रतिशत घटेको छ। त्यस्तै, व्यापार, विकास बैंक र जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतले घटेको छ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यस्तै, मैलुङखोला जलविद्युत कम्पनी, सोल्टी होटल र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर मूल्य बढेको छ। तर, यता युनाइटेड इदी मार्दीको शेयरमूल्य ५ प्रतिशतले गिरावट आएको छ। कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको सेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ।

गरिमा विकास बैंकको १० करोडभन्दा बढीको सेयर खरिद बिक्री भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.