|

काठमाडौं : खिलबहादुर तामाङको निर्देशनमा बनेको नेपाली फिल्म 'मन्त्रः अ हिमालयन लभ स्टोरी' को ट्रेलर सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। 

हिमाली भेगको प्रेमकथा रहेको फिल्ममा सौगात मल्ल र दिया पुन मुख्य भूमिकामा देखिएका छन् भने बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामालगायत कलाकारको पनि अभिनय रहेको छ। गोर्खा सिरान चोक एण्ड लिगलिग कोट फिल्मसको ब्यानरमा बनेको फिल्मको अधिकांश छायांकन मनास्लु हिमालको बेसक्याम्पमा गरिएको हो। जसको उचाइ ५ हजार १ सय मिटरभन्दा बढी रहेको छ। 

वैशाख १६ देखि प्रदर्शनमा ल्याउने तयारी भइरहेको फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्। ​
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.