|

काठमाडौं : एसएस राजामौलीद्वारा लिखित तथा निर्देशित फिल्म 'आरआरआर'ले वर्ल्ड वाइड बक्स अफिसमा भारु ७ अर्बभन्दा बढी कमाएको छ। प्रदर्शनमा आएको सातौँ दिनमै फिल्मले  ७ अर्बकाे आँकडा पार गरेको हो। 

२ अर्ब ५० करोडभन्दा बढी कलेक्सन गर्दै भारतीय फिल्म इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गरेको फिल्म शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ। फिल्मले पहिलो दिन भारतमा मात्रै १ अर्ब ५० करोडभन्दा बढी कमाइ गरेको थियो। जुन घरेलु बक्स अफिसमा पनि नयाँ कीर्तिमान हो। 

विश्वभरबाट ७ अर्ब १० करोडभन्दा बढीको कमाइ गर्दा फिल्मले भारतमा मात्रै ५ अर्ब ५० करोडभन्दा बढी कलेक्सन गरिसकेको छ। प्रदर्शनमा आएको पहिलो हप्तामै 'आरआरआर' सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा छैटौँ नम्बरमा पुगेको छ। 'सुल्तान', 'पद्मावत', 'बाहुबली', 'सन्जु' लगायतका फिल्मको बक्स अफिस कलेक्सनलाई 'आरआरआर'ले एक हप्तामै पछि पारेको हो। 

सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा यतिवेला पहिलो नम्बरमा 'दंगल' रहेको छ भने दोस्रो, तेस्रो, चौथो र पाँचौँमा क्रमशः 'बाहुबली २', 'बजरंगी भाइजान', 'सेक्रेट सुपरस्टार' र 'पिके' रहेका छन्। पहिलो नम्बरमा रहेको 'दंगल'को कमाइ २० अर्ब २४ करोड रहेको छ भने 'बाहुबली २' को १८ अर्ब १० करोड, 'बजरंगी भाइजान'को ९ अर्ब ६९ करोड, 'सेक्रेट सुपरस्टार'को ९ अर्ब ६६ करोड र 'पिके'को ७ अर्ब ४३ करोड रहेको छ। दोस्रो हप्ताको पहिलो दिन 'पिके'लाई पछि पार्दै 'आरआरआर' पाँचौँ नम्बरमा उक्लिने लगभग निश्चित देखिएको छ। 

५ अर्ब ५० करोडको लगानीमा बनेको पिरियड एक्सन ड्रामा फिल्ममा राम चरन र जुनियर एनटिआरको मुख्य भूमिका रहेको छ। डि.भि.भि. दनायाको निर्माण रहेको फिल्म तेलुगु, मलयालम, तमिल, हिन्दी, कन्नड लगायतका भाषामा एकसाथ प्रदर्शनमा आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.