|

काठमाण्डौं : २०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रह गोचर रहेको ज्योतिष विद्हरुले बताएका छन्।

नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री वृहस्पति छन्। यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताए

उनका अनुसार यस वर्ष न्यायको क्षेत्रमा केही सुधारहरु देखिने भएपनि साउन १२ गतेबाट कार्तिक ३ गतेसम्म राजा र मन्त्री दुवै ग्रह वक्र रहने भएकोले सरकार कमजोर रहनेछ।

यस अवधिमा बाहिरबाट हेर्दा सरकारले न्याय गरेको देखिएपनि आन्तरिक रुपमा कलह नै रहने बताए।

ज्योतिषाचार्य सोडारीले यस वर्ष शैक्षिक संस्थाहरु, धार्मिक क्षेत्रहरु, बौद्धिक व्यक्तित्वहरु राष्ट्रका लागि केही गर्छन् भन्ने आश गरेपनि साउन १२ देखि कार्तिक ३ सम्मको समय आफ्नो स्वार्थपूर्तिका लागि हुने जानकारी दिए।

उनले यस वर्ष दक्षिण तर्फको सीमामा केही समस्या आउन सक्ने, भूक्षय तथा वर्षाले असहज परिस्थिति सिर्जना गर्नसक्ने, रोगमा वृद्धि हुनसक्ने बताए।

यस वर्ष धनु, मकर र कुम्भ राशिलाई माघ २७ भन्दा पहिला साँढे सातको दशा पर्नसक्ने रहेको छ र अढैया दशा, माघ २७ भन्दा पहिला मिथुन र तुला राशिलाई पर्ने उनकाे भनाइ छ।

माघ २७ पछि भने शनि कुम्भ, राशिमा पुग्ने र त्यसपछिका दिनमा मकर, कुम्भ र मिन राशिलाई साँढे सातको दशा रहेको र कर्कट र वृश्चिक राशिलाई अढैयाको दशा रहको बताए।

नेपालको राशिमा पनि माघ २८ पछि अढैया दशा लाग्नेछ। अर्थात् त्यसपछिका दिनमा आन्तरिक कलहले नेपाललाई सताउनेछ।

यस वर्ष मौसमको दृष्टिकोणले पनि समग्रमा त्यति राम्रो नरहेको उनले दाबी गरे। यस वर्ष अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टि हुने सम्भावना रहेको छ।

त्यस्तै अन्नबाली उत्पादनको क्षेत्रमा पनि कमी हुनसक्ने ज्योतिषाचार्य सोडारीले बताए।

यस वर्ष आर्थिक रुपमा पनि समग्रमा नराम्रो रहेको छ। यस वर्ष भूकम्प जानसक्ने पनि सम्भावना रहेको ग्रह गोचरहरुले देखाएका छन्। सबैले सोचेर काम गर्ने हो भने देश संकटमा नफस्ने पनि उनले बताए।

​निर्माणका लागि पश्चिमी देशहरुले अनावश्यक आश देखाएर देशमा आन्तरिक कलह निम्तिन सक्ने ग्रह गोचर भएको भन्दै उनले बेलैमा सचेत रहनुपर्ने संकेत गरे।

त्यस्तै यस वर्षको आर्थिक अवस्थामा देश कमजोर नै रहने र वैशाख ३ गतेदेखि १८ गतेसम्म काल सर्प योग रहेकोले देशको नेतृत्व गरिरहेका राजनीतिक दलका नेताहरुले होस नपुर्‍याउने हो भने निर्वाचनमा समस्या आउन सक्ने बताए।

​विवेकपूर्ण रुपमा  यसले कुनै असर नगर्ने उनकाे भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.