|

जनकपुरधाम : जल प्रदूषण र जमिन प्रदूषण नियन्त्रणका लागि एक महत्त्वपूर्ण सन्देश शीतलताका प्रतीक लोक पर्व जुडशीतल देवभूमि जनकपुरधामको पवित्र सरोवर गंगासागरमा मनाइएको छ।

शुक्रबार सेभ हिस्टोरिकल जनकपुरधाम, महगंगा आरती गंगासागरको संयोजन भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेश प्रदेश नीति  आयोगका उपाध्यक्ष संस्कृति संरक्षण अभियन्ता प्रा.डा.भोगेन्द्र झाले लोप हुने अवस्थामा पुगेको लोकपर्व जुडशीतललाई संरक्षण गर्नुपर्ने कुरामा जोड दिए। 

कार्यक्रममा बोल्दै गंगा सागर सफाइ अभियानका प्रणेता, संस्कृति संरक्षण अभियन्ता प्रदेश सांसद रामआशिष यादवले प्रकृति रक्षणको सन्देश स्वरूप स्वच्छता अभियन्ताले गत ८ वर्षदेखि निरन्तर जल प्रदूषण, जमिन प्रदूषण र वायु प्रदूषण नियन्त्रणमा प्रयास गर्दै आएको बताए।

सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष अधिवक्ता राजकुमार महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेशी आयोगका अध्यक्ष, गंगा सागर सफाइ अभियन्ता डा विजय दत्त, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद, योग गुरु कृष्णचन्द्र साह, वरिष्ठ कविराज राम छबिला यादव सहितका वक्ताले जुडशीतलको महत्त्व विषयमा विचार व्यक्त गरे।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.