|
फाइल

चितवन :  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुंगो भोली आइतबारसम्ममा लागि सक्ने बताएका छन्।

भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए।

उनले भने, 'आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुंगोमा पुग्छौँ।' निर्वाचनका समयमा एउटै पार्टी भित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलबीच सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको स्पष्ट पारे।

भरतपुर महानगरका विषयमा छलफल भइरहेको अध्यक्ष प्रचण्डले बताए। उनले भने, 'केही समस्या हुँदैन, सबै टुंग्याइन्छ, आरामले टुंग्याइन्छ।' स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.