काठमाडौंः क्याप्टेन विजय लामाको अभिनय रहेको गीत 'शान्ति खोज्न' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। नयाँ वर्षको अवसर पारेर तारा सितारा युट्युब च्यानल मार्फत गीत सार्वजनिक भएको हो।
सुदिपजंग थापाको शब्द तथा विकास चौधरीको संगीत रहेको गीत प्रमोद खरेलको आवाजमा रहेको छ। जसको एरेन्जर रोशन बान्तावा हुन्। गीतमा संसारी मायाले बाँधेको मान्छे शान्तिको खोजीमा लागेको कथा देखाएको छ।
कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा लामा मुख्य भूमिकामा देखिएका छन् भने हिरा सापकोटा, निहिता सापकोटा, युवराज वाइबा, मौसमी खनाल लगायतका कलाकारको पनि अभिनय रहेको छ। गीतको छायांकन, सम्पादन तथा रंग संयोजन युवराज खत्रीले गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।