|

झापा : भद्रपुरमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य र नगर इन्चार्जसहित १७ जनाले पार्टी परित्याग गरेका छन्।

स्थानीय तह निर्वाचनमा तीन दलीय गठबन्धनबीच भएको सहमति अनुसार माओवादी केन्द्रलाई उपमेयर दिइएको हो।

उपमेयरमा माओवादीका नगर अध्यक्ष शिवकुमार राजभण्डारीलाई टिकट दिएको प्रति असन्तुष्टि जनाउँदै उनीहरूले पार्टी परित्याग गरेका हुन्।

प्रदेश सदस्य मीरा अधिकारी सन्जेल, नगर इन्चार्ज नरेश सन्जेल, भरतसिंह राजवंशी, धिरेन राजवंशी, चन्द्रमणि गौतम, विष्णु बहादुर राई, गङ्गा प्रसाद सन्जेल, कृष्णबहादुर तामाङ, योगराज अधिकारी, शिवराज घिमिरे, लक्ष्मण जमरकट्टेल, अरबिन्द्र अधिकारी, खद्रप्रसाद निरौला, मोतनन्दन निरौला, चन्द्रबहादुर तामाङ, रञ्जित राई र घनश्याम खनालले पार्टीबाट सामूहिक राजीनामा दिएका हुन्।

उनीहरूले आज पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको बताएका छन्।

माओवादी केन्द्रको प्रदेश तथा केन्द्रीय समितिले नगरमा उपमेयरको टिकट दिँदा नगरस्तरीय कार्यकर्ताहरूसँग कुनै छलफल र सहकार्य नगरी नगर अध्यक्ष राजभण्डारीलाई टिकट दिएको नगर इन्चार्ज सन्जेलले गुनासो गरेका छन्।

माओवादी केन्द्रको नगर अधिवेशन हुँदा नगर अध्यक्ष राजभण्डारीले सत्ताको कुनै पदमा नउठ्ने मौखिक सर्तमा उनलाई त्यस बेला नगर अध्यक्ष बनाइएको उनले बताए।

पार्टीपङ्क्तिले एउटै व्यक्तिलाई सबै पदीय जिम्मेवारी दिएकोले पार्टीमा बस्नुकाे कुनै औचित्य नरहेको उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.