|

काठमाडौं :  थाहाखबरले साताको अन्तिम दिन शनिबार साताभरिको गतिविधिलाई समेटेर साताको तस्बिर प्रकाशन गर्दै आइरहेको छ। औपचारिक कार्यक्रमका तस्बिर तथा अनौपचारिक दृश्यलाई यस स्तम्भमा समेट्ने गरिएको छ।

यस साता मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक पल्पसा क्याफे, चन्द्रमा, मत्स्येन्द्रनाथको रथ यात्राका लागि रथ निर्माण, उपत्यकामा फुलेको ज्याकाराण्डा फूल लगायतका तस्वीर समावेश गरेका छौं।

रंगीएको ढोकामा ताला : पाटनस्थित एक घरको रंगीन ढोका, ढोकामा लगाइएको ताला।

पल्पसा क्याफे : नारायण वाग्लेद्वारा लिखित उपन्यास पल्पसा क्याफे अहिले नाटकको रूपमा मञ्चन भइरहेको छ। विमल सुवेदीको निर्देशनमा तयार भएर वैशाख ९ देखि मञ्चन सुरु भएको नाटक लगातार हाउस फुल चलिरहेको छ।

टह टह जून : आकाशमा टहलिएका जून।

९५ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस :  राष्ट्रिय फोटो पत्रकारिता दिवसको दिन वसन्तपुरमा राखिएका तस्वीर हेर्दै बालिका।

हामी तयार छौं : वैशाख ३० गते हुँदै गरेको स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि तयार म्यादी प्रहरी।

संस्कृती र रातो मत्स्येन्द्रनाथको रथ :   वैशाख २१ गतेदेखि सुरु हुने रातो मत्स्येन्द्रनाथको रथ यात्राका लागि रथ निर्माण पुलचोकमा भइरहेको छ।  करिब एक हजार ६०० वर्ष पुरानो रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।

ज्याकारान्डा र शहर : उपत्यकाका विभिन्न  चोकमा ज्याराकान्डाले सुन्दरता थपिएको छ। सडक छेउ फुलेको ज्याराकान्डा र ट्राफिक प्रहरी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.