|

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको हल्ला फैलिएपछि उडान प्रभावित भएका छन्। 

महानगरीय विमानस्थल सुरक्षा कार्यालय प्रमुख भीम ढकालका अनुसार टेलिफोन बुथमा अपरिचित फोन आएको र बमको खोजी जारी रहेको छ। बमको हल्लापछि  आन्तरिक उडान बन्द गरिएको छ। बाह्य उडान भने सुचारु रहेको ढकालको भनाइ छ। 

'बम राखिएको हल्लामा कति सत्यता छ भन्ने कुरा हामीले अनुसन्धान थालिसकेका छौं', प्रमुख ढकालले भने, 'अहिले विमानस्थलको सुरक्षा व्यवस्थालाई थप कडा बनाएर अनुसन्धान गरिरहेका छौं।'

अहिले सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी रहेका छन्।  यसबारे थप विवरण आउँन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.