|

सल्यान : सल्यानमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी अन्दाजी ४० वर्षीया तिलसरी घर्ती मगरको भीरबाट लडेर बिहीबार मृत्यु भएको हो। 

आफन्तको विवाह घरबाट फर्कने क्रममा सिद्ध कुमाख–४ मा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घर्तीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। 

रूखबाट लडेर वृद्धाको मृत्यु 
यसैगरी शारदा नगरपालिका–९ मेलटाकुरीकी ७१ वर्षीया लती बोहराको रूखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बुधबार बिहान बारीमा घाँस काट्न गएकी बोहरा लडेर घाइते भएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.