|

बागलुङ : जिल्लाको बागलुङ नगरपालिकामा नेकपा एकीकृत समाजवादीको तर्फबाट उप–प्रमुखमा उम्मेदवारी दर्ता गराएका जीवन आचार्य र वडा नम्बर २ मा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका शशिकपुर श्रेष्ठले गठबन्धनलाई सघाउने भएका छन्।

आचार्य र श्रेष्ठले शनिबार पत्रकार सम्मेलन गरी आफूहरूको उम्मेदवारी नरहने घोषणा गरेका हुन्। दुवै जनाले छट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी आफ्नो उम्मेदवारी नरहने र पाँच दलीय गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताएका हुन्।

आचार्यले गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार कांग्रेसका वसन्त कुमार श्रेष्ठ र उप्रमुखका उम्मेदवार माओवादी केन्द्रका राजु खड्कालगायत सबै वडा अध्यक्ष र सदस्यलाई निर्वाचित गराउनका निम्ति आफूले उम्मेदवारी फिर्ता गरेको बताएका छन्।

आचार्यले विज्ञप्तिमा भनेका छन्, ‘नेकपा एकीकृत समाजवादी संविधानको रक्षा लोकतन्त्रको हित र जनअधिकारको संरक्षण गर्ने उद्देश्यसहित विद्रोहको झण्डा उठाएको पार्टी भएको र पाँच दलीय गठबन्धनको मुख्य सूत्रधार शक्ति रहेका कारण उद्देश्य प्राप्तिका लागि मेरो उम्मेदवारी नरहेको जानकारी गराउँछु।’

उनले गठबन्धन दलभित्र देखा परेको अस्पष्टता, अन्योलता र एकाआपसका अविश्वासका कारण सहमती कार्यान्वयमा चुष्टता देखा परेकै कारण आफुले नगर उप्रमुखमा उम्मेदवारी दिए तापनि गठबन्धन र  यसमा आबद्ध पार्टीको अन्तिम निर्णयलाई शिरोधार्थ गर्दै स्पष्ट र प्रतिबद्ध भई गठबन्धनमा समाहित दलहरुको ध्यानाकर्षण र चुनावी परिणामप्रति गाम्भीर्यता सुनिश्तित गर्न आफुले उम्मेदवारी फिर्ता ‘मिडप्याक’ गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। 

आचार्यले आफ्नो उम्मेदवारी फिर्तासँगै गठबन्धनका सबै उम्मेदवारलाई विजयी बनाउन आम सचेत मतदातालाई आग्रह गरेका छन् भने आफू पनि सो अभियानमा सँगै रहेको बताएका छन्।

पत्रकारहरुसँग आफ्नो धारणा राख्दै आफू पार्टीको बफादार कार्यकर्ता भएको नाताले आफ्नो उम्मेदवार फिर्ता गरी गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्।

आचार्यले सबै कार्यकर्तालाई गठबन्धनका दलका उम्मेदवारलाई जिताउन आफ्नो आफ्नो पक्षबाट सहयोग गर्न अपिल गरेका छन्।

त्यसैगरी, वडा अध्यक्षको स्वतन्त्र उम्मेदवारी दिएका शशिकपुर श्रेष्ठले पनि विज्ञप्तिमार्फत गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लाग्ने बताए। उनले गठबन्धनका तर्फबाट बागलुङ नगरपालिका–२ का वडा अध्यक्षका उम्मेदवार सुरज बोसेलसहित नगरप्रमुख उपप्रमुख र वडा सदस्यका उम्मेदवारलाई विजयी गराउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

नेपाली कांग्रेसको क्रियाशील सदस्यसमेत रहेका श्रेष्ठले आफ्नो पार्टीका नेता र नेतृत्वको आग्रहबमोजिम आफूले उम्मेदवारी फिर्ता गराएको बताएका छन्।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.