|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ४ जना मन्त्रीविरुद्ध आचारसंहिता मिचेको भन्दै परेको उजुरी दरपीठ भएको छ।

नेकपा एमालेका कार्यकर्ता भरतपुर-१२ का अश्विन घिमिरेले माओवादी अध्यक्ष प्रचण्ड, संघीय सरकारका महिला बालबालिकामन्त्री उमा रेग्मी, श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएका थिए।

उजुरीमा मौन अवधिमा आचारसंहिता मिचेर सरकारी सवारीसाधन दुरुपयोग गरी भरतपुर महानगरपालिका र माडी नगरपालिकामा मतदाताको घरघरमा पुगी प्रभाव पार्ने काम गरेको उल्लेख गरिएको छ। साथै राज्यमन्त्री श्रेष्ठ र श्रममन्त्री श्रेष्ठले भरतपुर महानगरभित्र आर्थिक चलखेल गरेको आरोप लगाउँदै आवश्यक छानबिन गरी कारबाहीको माग गरिएको छ।

उजुरीकर्ता घिमिरेले भिडियो क्लिप सहितको उजुरी दिएको दाबी गरेका छन्। तर मुख्य निर्वाचन कार्यालयले भने आरोप पुष्टि गर्ने पर्याप्त प्रमाण नभएकाले उजुरी दरपीठ गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.