|

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा जित हार स्वाभाविक भएको प्रतिक्रिया दिएका छन्।

भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो प्रतिक्रिया दिएका हुन्।

‘जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वाभाविक हो भनेर मान्नुपर्छ’, उनले भने, ‘ सथानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला हो।”
उले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई  अपिल गरे।

भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेनु दाहाल मेयरकी उम्मेदवार छिन्। उनी सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.