भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले पनि स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्।
उनले भक्तपुर नगरपालिका–५स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका छन्।
जिल्लाका चार नगरपालिकाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।