काठमाडौं : ओखलढुंगाको सबै स्थानीय तहमा ३३ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले आज १२ : १५ बजे सम्ममा ३३ प्रतिशत मत खसेको जानकारी दिए।
‘अहिलेसम्म यहाँको सबै स्थानीय तहको अपडेट गर्दा ३३ प्रतिशत मत खसेको पाइयो,चम्पादेवी गाउँपालिकाको मिश्र भञ्ज्याङ भन्ने मतदान केन्द्रमा झडप भएको थियो,अहिले मतदान सुरु भइसकेको छ,यी बाहेक अरू सबै ठाउँमा शान्तिपूर्ण मतदान भइरहेको छ।’
उनका अनुसार जिल्लामा एक लाख १७ हजार मतदाता छन्। मतदान बेलुका ५ बजेसम्म हुनेछ। जिल्लामा एक नगरपालिका सहित ८ स्थानीय तह छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।