|

सिन्धुली : सिन्धुलीमा साँझ ५ बजेसम्म करिब ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दीपुर, फिक्कल गाउँपालिकाको केही मतदान केन्द्रमा पार्टीका कार्यकर्ताबीच भएको सामान्य विवादबाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण तथा सहज रूपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका निर्वाचन अधिकृत पुष्पाकुमारी झाले जानकारी दिइन्। उनका अनुसार दिउँसो पानी पर्दा केही समय मतदान प्रक्रिया रोक्नु परेको र पानी रोकिएपछि मतदान शुरु गरिएको थियो।

यसैबीच स्थानीय तह निर्वाचनमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०६ वर्षकी कुमारी सुनुवारले गरेकी छन्। उनको जन्म विसं १९७२ कात्तिक १७ गते भएको हो।

उनलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजीकरण गरेका थिए। मतदान गर्न उनी घरबाट हिँडेरै मतदान केन्द्रमा आएकी थिइन्। सुनुवार संभवतः सिन्धुली जिल्लाकै सबैभन्दा ज्येष्ठ मतदाता भएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.