|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष  ईश्वर पाेखरेलले स्थानीय तहको निर्वाचनमा सरकारकै संरक्षणमा निर्लज्ज ढंगले घटना घटाएको आरोप लगाएका छन्। 

मुलुकमा नयाँ संविधान जारी भएपछि आज स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएपछि एमाले सफल भएको आरोप लगाएका हुन्। 

बरिष्ठ उपाध्यक्ष पोखरेलले फेसबुकमा लेखेका छन्, ‘अनेक घेराबन्दीका बाबजुद पनि नेकपा एमालेलाई मतदान गर्नुहुने आमजनतालाई विशेष धन्यवाद छ। हामीले कठोर संघर्षबाट ल्याएको लोकतन्त्रलाई आधारभूत तहमा अझ मजबुत बनाउन यस निर्वाचनले थप मद्दत गर्ने विश्वास लिएको छु।’ 

मतदानका दौरान आज विभिन्न जिल्लामा सरकारकै संरक्षणमा निर्लज्ज ढंगले घटनाहरू घटाइएको भन्दै त्यसको निन्दा गरेका छन्। 

निर्वाचन नै नगर्ने अनेक प्रपञ्चका बाबजुद अनेक षडयन्त्रलाई चिर्दै यस निर्वाचनलाई सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने नेकपा एमालेको सम्पूर्ण पार्टी पंक्ति, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान केन्द्रमा खटिएका राष्ट्रसेवक कर्मचारी र सम्बद्ध सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.