|

संखुवासभा :  संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु भएको छ।

खाँदबारी नगरपालिका र चिचिला गाउँ पालिकामा १२ बजेपछि गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आज भएको मतदानमा खाँदबारीमा २२ हजार ९० मतदाता संख्यामध्ये ६४. ४६ मत खसेको थियो भने चिचिला गाउँपालिकामा ५ हजार ६ सय ९४ कुल मतदाता संख्यामध्ये ६७. ५४ मत खसेको थियो।

मतगणना स्थलमा तारजाली र सिसी क्यामरा जडान गरिएको छ। दुर्गम भोटखोला गाउँपालिकाको केही वडामा मतपेटिका संकलन हुँदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.