पालिका अध्यक्षमा माओवादीको अग्रता कायमै, पछ्याउँदै कांग्रेस-एमाले गठबन्धन

|

रुकुम (पूर्व) : रुकुम पश्चिमको सानीभरी गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। भर्खरै सम्पन्न मतगणना अनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन्। 

उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे।

त्यस्तै, पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर बिष्टले ५ सय ४७ मतसहित अग्रता कायम गरेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन्। 

उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ। उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउँदा कांग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन्। 

सानीभेरी–१ सँगै रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले जीतको सुरुवात गरेको छ। मुसीकोट नगरपालिकामा पनि मतगणना सुरु भएको छ। अन्य ४ वटा स्थानीय तहमा भने मत गणना सुरु हुन सकेको छैन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.