|

डडेल्धुरा : आलिताल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको अग्रता कायमै छ। गाउँपालिका अध्यक्ष उम्मेदवारको चार हजार १३७ मत गन्दा कांग्रेसका बलबहादुर गुरुङले एक हजार ३३४ पाएका छन्।

मोओवादी केन्द्रका शेरसिंह पार्कीले एक हजार २१२ ल्याएका छन्। यहाँ माओवादी १२२ मत पछाडि छ।

यस्तै, एमालेका मीन बोगटीले ९४७, स्वतन्त्र उम्मेदवार टेक खड्काले २००, नेकपा एकीकृत समाजवादीका उम्मेदवार तुलाराम बोहराले ११३ मत पाउँदा राप्रपाले २५ ल्याएको छ।

आलितालको वडा नम्बर १ मा एमाले, २ मा कांग्रेस, ७ मा माओवादी र ८ मा कांग्रेस विजयी भएको छ। आलितालमा कुल ७ हजार ४ सय ९० मत खसेको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.