|

वीरगञ्ज : पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंह एक हजार ३६३ मतसहित अगाडि छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले  ६५९ मत प्राप्त गरेका छन्।  हाल वडा नं. १, २, ३१ र ३२ को मतगणना जारी  छ।  हालसम्म कुल तीन हजार ६७ मत मतगणना भएको छ।  

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १० गाउँपालिका छन्। जिल्लाका अन्य पालिकामा पनि मतगणना जारी छ ।

  जिल्लाको १४ वटै पालिकामा कुल तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता रहेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.