|

खोटाङ : खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई र उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन्। 

नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान अध्यक्ष र उपाध्यक्ष शंखरबहादुर राई र विमला राई पराजित भएका छन्। अध्यक्षमा निर्वाचित माओवादीकी अरुणादेवी राईले २ हजार ८८१ मत ल्याई विजयी भइन् भने उनका प्रतिस्पर्धी एमालेका शंखरबहादुर राईले २ हजार ५७५ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा निर्वाचित कांग्रेसका खड्काले २ हजार ८०५ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेकी राईले २४९५ मत पाइन्।

६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा कांग्रेस ३, माओवादीले २ र एमालेले १ वडामा जित हात पारेका छन्। वडा नं १ मा माओवादीका केदारमान राई, वडा नं २ मा माओवादीका मस्तबहादुर राई, ३ मा कांग्रेसका तारामान राई, ४ मा एमालेका विदुरमान राई, ५ मा कांग्रेसका धनबहादुर राई र ६ नं वडाको अध्यक्षमा कांग्रेसका सागर राई निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.