|

झापा : राप्रपाले हल्दीबारी गाउँपालिका १ झापाबाट खाता खोलेको छ। हल्दीबारी १ मा राप्रपाले वडा अध्यक्षसहित प्यानल नै जितेकाे हाे।

निवर्तमान वडा अध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै राप्रपाका देवीबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका हुन्। थापाले सापकोटालाई ३६८ मतान्तरले हराएका हुन्।

थापाले १९६८ र सापकोटाले १६०० मत ल्याएका छन्। त्यस्तै वडा सदस्यहरूमा राप्रपाका प्रकाश कार्की, कुलबहादुर राई, शान्ता खतिवडा शिवाकोटी र रुपा देवी रसाइली निर्वाचित भएका छन्।

गाउँपालिकाको अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देनले फराकिलो मतान्तरले अग्रता लिएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.