|

डोल्पा : डोल्पाको ठूलीभेरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा १२८६ भोट ल्याएर प्रमुखमा विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा समाजवादीका कर्णबहादुर बुढा ९४५ भोट ल्याएर पराजित भए।

उपप्रमुखमा कांग्रेसकै छिरिङ टोल्मा महतले ४ भोट ल्याएर  विजय भएका छन्। उनका प्रतिद्वन्द्वी वीरबलकुमार भण्डारी ६८६ भोट ल्याएर पराजित भए। ११ वडा रहेको ठूलीभेरीमा वडा-१ मा नेपाली कांग्रेसका तेजेन्द्र रोकया, वडा २ मा नेकपा (माओवादी केन्द्र) का कमल क्षेत्री, वडा-३ मा कांग्रेसका भक्त भण्डारी, वडा ४ मा नेकपा एमालेका जुद्धबहादुर बुढा, वडा-५ मा कांग्रेसकै भीमबहादुर रोकाय निर्वाचित भए।

त्यस्तै वडा-६ मा माओवादी केन्द्रका तेजेन्द्र कार्की, वडा-७ मा एमालेका ध्रुवविक्रम शाही, वडा-८ मा नेकपा (एकीकृत समाजवादी) का मनराज ठकुल्ला, वडा-९ मा कांग्रेसकै सुवास कठायत, वडा १० मा कांग्रेसका हंसबहादुर महत  र वडा ११ मा एकीकृत समाजवादीका भद्र कार्की अध्यक्षमा निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.