|

हेटौंडा : मकवानपुरको ४१ वटा वडामा मतगणना सम्पन्न भएको छ। जिल्लाका १०२ वडा मध्ये ४१ वटा वडामा मतगणना सकिएको हो।

मतगणना सम्पन्न भएका ४१ वटा वडा मध्ये २० वटा वडामा कांग्रेस विजयी भएको छ। माओवादी केन्द्रले १२ र एमालेले ९ वटा वडामा अध्यक्ष जितेको छ। अहिले हेटौँडा उपमहानगरपालिकाको भने ३, १८ र १९ को मतगणना भइरहेको छ।

नेपाली कांग्रेसबाट इन्द्रसरोवर–१ मा सुवास थापा, इन्द्रसरोवर–२ मा सुमन श्रेष्ठ, मकवानपुरगढी–१ मा आइत सिंह लो, मकवानपुरगढी–२ मा बखान सिं पाख्रीन, भीमफेदी–१ मा सोमबहादुर स्याङतान, भीमफेदी–६ मा सोमबहादुर घलान, भीमफेदी–७ मा मित्रबन्धु सिन्जाली, कैलाश–१ मा तेजबहादुर ब्लोन विजयी भएका छन्।

कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ, कैलाश–९ मा भुवन सिं घलान, बकैया–११ मा गोपाल बहादुर नेसुर, बकैया–१२ मा ज्ञानेन्द्र बजगाईँ, मकवानपुरगढी–७ मा सूर्यबहादुर रुम्बा, मकवानपुरगढी–८ मा कुमार घिसिङ, मनहरी–१ मा शिवप्रसाद खनाल, मनहरी–३ मा अनन्त अर्याल, राक्सिराङ–२ मा बुद्ध राम मुक्तान, थाहा नगरपालिका–६ मा राजेन्द्र भक्त श्रेष्ठ, हेटौँडा–१ मा सविन न्यौपाने र हेटौँडा–२ मा विष्णु गोपाल महर्जन विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रबाट थाहा नगरपालिका–१ मा हेरमान गोपाली, थाहा–२ मा बमबहादुर सिन्तान, थाहा–३ मा हिरेन्द्र रायमाझी, थाहा–४ मा नारायण लामा, मनहरी–२ मा राजकुमार पाख्रीन, मनहरी–४ मा प्रकाश थापा, बागमती–१ मा यहुन्ना राई, भीमफेदी–३ मा पृतिलाल लामा विजयी भएका छन्।

बकैया–१ मा आशीष तितुङ, बकैया–२ मा विश्वराज स्याङतान, कैलाश–३ मा देवलाल बल  र कैलाश–४ मा तिलक मुक्तान विजयी भएका छन्।

नेकपा एमालेबाट राक्सिराङ–१ मा बाबीराम मुक्तान, कैलाश–१० मा सूर्यबहादुर ब्लोन, भीमफेदी–२ मा काशीराम बज्यु, भीमफेदी–४ मा सागर पाण्डे, भीमफेदी–५ मा जाहारसिं लामा, भीमफेदी–८ मा बिष्णुबहादुर लामा, इन्द्रसरोवर–३ मा प्रताप भोम्जन, इन्द्रसरोवर–४ मा चन्द्रकुमार बल, बकैया–६ मा फुलबहादुर भोम्जन विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.