|

झापा : कमल गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानल निर्वाचित भएको छ।

वडा अध्यक्षमा अग्निप्रसाद कोइरालासहित एमालेले प्यानल जितेको हो। कोइरालाले १७३९ मत ल्याएकोमा कांग्रेसका गौरीमान फागोले १४२८ मत ल्याएका छन्।

त्यस्तै सदस्यमा एमालेका एंगल गुरुङले १६०४, सन्तकुमार मगरले १५६८, महिला सदस्यमा भगवती राईले १६७० र दलित महिला सदस्यमा केसरा नेपाली वर्देवाले १७१५ मतसहित विजय हाँसिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.