|

दाङ : जिल्लाका १० स्थानीय तहमध्ये २ वटाको नतिजा आएको छ। यसअघि बंगलाचुली गाउँपालिकाको नतिजा आएको थियो।

राजपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको प्रदेश निर्वाचन  कार्यालयले जनाएको छ। अध्यक्षमा शरद बुढाथोकी ८१३ मतान्तरले माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार चक्रबहादुर खड्कालाई पछि पार्दै विजयी भएका हुन्। बुढाथोकीले ३ हजार ९८० मत प्राप्त गरेका थिए।

माओवादीका खड्काले ३ हजार १६७ र नेकपा एमालेका अध्यक्षका उम्मेदवार कुलराज गिरीले २ हजार ९२२ मत प्राप्त गरेका थिए। उपाध्यक्ष पदमा कांग्रेसबाट धनपति यादव विजयी भएकी हुन्।

उनले माओवादीका उपाध्यक्ष पदका उम्मेदवार पुष्पा यादवलाई ४८८ मतान्तरले पछि पार्दै विजयी भएकी हुन्। यादवले ३ हजार ८३६ मत प्राप्त गर्दा पुष्पाले ३ हजार ३४८ र एमालेकी सिता यादवले २ हजार ९०७ मत प्राप्त गरेकी छन्। १५ हजार ७२३ मतदाता रहेको गाउँपालिकामा ११ हजार ७ ४१ मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.